Due to COVID-19(CoronoVirus) Classes are temporarily suspended. Please stay safe.

Sunny Sagarmatha Samaj - New Year's Picnic [CANCELLED]

Picnic has been cancelled due to coronavirus

सन्नि सगरमाथा समाजले नेपाली नयाँ बर्षको अबशरमा बर्षेनी गर्ने बृहत बनभोजमा यहाँहरु सबैलाई स्वागत छ।
करिब २ हज्जार नेपाली मनहरु जम्मा भएर एक आपसमा शुभकामान आदान प्रदान गर्ने , बर्षभरी भेट नभएका साथिभाई संग भलाकुसी गर्ने , चेलिबेटीहरुले घरघरमा पकाएर ल्याउनु भएको “नेपाली आमा स्वादको “ मिस्ठान परिकारको स्वाद लिने र कहिल्यै नभेटिएका र नचिनिएका प्रबासी मनहरु संग चिनजान गर्ने चौतारी हो यो बनभोज।
साना साना नानीबाबुहरु देखि बयस्क र बृद्ध बा आमा समेतको आबस्यकता र ईच्छालाई ध्यान दिएर बिभिन्न गतिबिधीहरुको तर्जुमा हुदैछ।
बिभिन्न तयारी उप समितिहरु बन्दैछन। करिब १५० जना भन्दा बढी स्वंम सेवकहरु परिचालन गरेर बनभोजको तयारी हुदैछ ।
बे एरिया र सेरोफेरोमा बस्ने नेपालीहरु मात्रै हैन, अन्य राज्य र शहरहरु बाट पनि सुभेक्षुकहरु बनभोज मा सहभागि हुन आउनु हुन्छ।
सन्नि सगरमाथा समाजको यो बिशेष दिनमा यस क्षेत्रमा कृयाशिल अन्य सामाजिक संघ संस्थाले कार्यक्रम नजुधाउने र सहकार्य गर्ने हाम्रो ऐतिहासिक परम्परालाई संमान गर्दै यस बर्ष पनि यो दिनलाई “हामी सबैको बिशेष दिन “बनाईदिनु हुँन संपूर्ण संघ संस्था तथा नेपाली मनहरुलाई निबेदन गर्दछौ।

Date : April 11th
Address :999 E Caribbean Dr, Sunnyvale, CA 94089

(बनभोज तयारी समितिको पूर्ण बिबरण चाडै प्रकाशन गर्ने छौं।
आन्तरिक तयारीमा छौ हामी । )

भबदिय,
सन्नि सगरमाथा समाज परिवार तथा बनभोज तयारी समिति


For more details: Visit https://www.facebook.com/sunnysagarmatha.samaj